उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

Advertisement

ललितपुरः काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ । वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो ।

हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण जडान गरिएको थियो । त्यसमा गाडीले फाल्ने धुवाँ बढी पाइएको हो । विभागका उप–महानिर्देशक सफला श्रेष्ठले जडान गरिएको उपकरणले देखाएको नतिजा सार्वजनिक गरेको बताए ।

उनका अनुसार यो नतिजाका आधारमा अब समाधान खोज्न लाग्नुपर्छ ।

फरक÷फरक संस्थाले वायु प्रदूषणमा कुन/कुन क्षेत्रको योगदान के कति रह्यो भन्ने विषयमा फरक फरक आँकडा प्रस्तुत गर्दैआएका छन् । एकीकृत तथ्याँकका लागि इसिमोड संस्थासँगको सहकार्यमा विभागले उपकरण जडान गरेको हो ।

विभागले काठमाडौँं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा वायुको अवस्थाबारे जानकारी दिने उपकरण९वायु गुणस्तरमापन स्टेशन० बनाएको छ । यसले काठमाडौं उपत्यका भन्दा लुम्बिनी क्षेत्रमा बढी वायु प्रदूषित भएको देखाएको छ । उपत्यका बाहिरका पोखरा, धुलिखेल, सौराहा भन्दा काठमाडौंको वायु बढी प्रदूषित छ ।

Advertisement

Advertisement

Advertisement