सुन तस्करी प्रकरणमा प्रहरीका उच्च अधिकारी र हाइप्रोफाइलका नेताको संलग्ता रहेको खुलासा

Advertisement

मोरङः सुन तस्कर चुडामणी उप्रेती ‘गोरे’ले जिल्ला अदालत मोरङमा बयान दिने क्रममा सुन तस्करीमा आफ्नो संलग्ता स्वीकार गर्दै आफु सुन तस्करीको नाइके नभएको बताएका छन् । उनले बयान दिने क्रममा सुन तस्करी प्रकरणमा हाई प्रोफाइलका प्रहरी अधिकारी र ठुला नेता जोडिएको बताएका हुन् ।

उनले दिएको ३७ पृष्ठ लामो बयानका क्रममा सुन तस्करीमा लागेका उच्च ओहोदाका प्रहरी अधिकारी तथा व्यापारीको नाम पनि खुलाएका छन् । गोरेले तस्करीमा लगानी गर्ने भारतीय व्यापारी भएको खुलाएका छन् ।

गोरेले अधिकांस भारत जाने सुनमा धरानका सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवालको पनि लगानी रहेको बताए । यस्तै नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको बताएका छन् ।

आफुले भरियाहरुको सेटिङ मात्र मिलाउने जिम्मा लिएकाले छिरिङको साथमा रहेर सुनको ओसार प्रसार गरेको बताए । साथै, गोरेले सुन तस्करी प्रकरणमा एसएसप् श्याम खत्रीका साथै अन्य प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका नेताको संलग्नता रहेको बयान दिएका छन् ।

Advertisement

Advertisement

Advertisement