प्रदेश २ मा राजपालाई मिल्काएर नेकपा-फोरम सरकार बनाउने तयारी, केन्द्रमा फोरम पनि आउँदै

Advertisement

काठमाडौंः संविधान संशोधनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सकारात्मक भएपछि संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा सहभागी हुने र प्रदेश २ मा सत्ता गठबन्धन फेरबदल हुने सम्भावना बढेको छ ।

केन्द्रिय सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेको छ । प्रदेश २ मा भने नेकपाले फोरम नेतृत्वको सरकारुलाई दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्र र प्रदेशमा दुई फरकखाले दृश्य देखिए पनि दुवै घटनाक्रम नेकपा र फोरमको गठबन्धनसहित केन्द्र एवं प्रादेशिक सरकार बनाउने उदेश्यबाट निर्देशित छन् ।

फोरमका वरिष्ठ नेता अशोक राईले सत्तारुढ दल नेकपासँग आईतबार बिहान भएको छलफलपछि सरकारमा जाने सम्भावना बढेको बताएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Advertisement

Advertisement

Advertisement