अर्थतन्त्रको कुल आकारभन्दा आधा ठूलो बजेट आउँदै

काठमाडौंः मुलुकको अर्थतन्त्रको आकार तीन खर्ब ६४ अर्ब रुपियाा बढेर यो वर्ष ३० खर्ब सात अर्ब २४ करोड रुपियाँ पुग्ने भएको छ।

चालू आर्थिक वर्षको आठ महिनाको उपलब्ध तथ्यांक र बाँकी चार महिनाको अनुमानका आधारमा अर्थतन्त्रको आकार ३० खर्ब नाघ्ने देखिएको हो ।

united_cement

प्रतिनिधिभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा आईतबार अर्थमन्त्री युवराज खतिवडाले पेस गरेको आर्थिक सर्वेक्षणअनुसार वर्तमान बजार मुल्यअनुसार साढे तीन खर्ब रुपियाँभन्दा बढीले अर्थतन्त्रकोआकार बढ्नेछ । गत बर्ष २६ खर्ब ४२ अर्ब ५९ करोड ५० लाख रहेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

त्यस्तै, आजको नयाँ पत्रिका दैनिकका अनुसार सरकारले संघ, प्रदेश र स्थानीय तहसमेत गरेर कुल १६ खर्बको बजेट निर्माण गर्दैछ । हालै बसेको स्रोत समितिको बैठकले संघलाई १२ खर्ब र तल्ला दुई सरकारलाई ४ खर्बको बजेट सीमा तोकेको एक उच्च सरकारी अधिकारीले बताए ।

यसअनुसार संघीय सरकारको बजेट कुल खर्चको ७५ प्रतिशत र तल्ला तहका सरकारको बजेट २५ प्रतिशत हुनेछ ।