हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नाईले जित्यो आइपएलको तेस्रो उपाधि

Advertisement

मुम्बईः इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिताको ११औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले उचालेको छ । गए राति भएको खेलमा फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटको फराकिलो रनले पराजित गर्दै उपाधि जितेको हो ।

भारतीय क्रिकेटको ठुलो मैदान वानखेडेमा भएको खेलमा जित निकाल्दै आइपीएलको २० करोड भारु हात पारेको हो । खेलमा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा छ विकेटको क्षतीमा १७८ रन बनाएको थियो ।

सनराइजर्सले दिएको १७९ रनको विजय लक्ष्य चेन्नाईले १८ ओभर ३ बलमा भेट्टायो । चेन्नाईले आइपीएलको तेस्रो उपाधि जितेको हो । चेन्नाईका वाटशनले टोलीलाई जिताउनलाई सार्वधिक ११७ रन योगदान गरे ।

साथै, एसके रैनाले ३२, अम्वातीले १६ फाप डु प्लेसिसले १० रन बनाए ।

Advertisement

Advertisement

Advertisement