उपत्यकामा ठगी गर्दै आएका दुई पेट्रोल पम्पमा अनुगमन टोलिको सिल

Advertisement

काठमाडौंः काठमाडौं उपत्यकाका विभिन्न स्थानका ठगी गर्ने पेट्रोलपम्पमा सिल गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवको निर्देशनपछि पाँच पेट्रोलपम्पमा अनुगमन गर्दै दुईमा सिल लगाइएको हो ।

मन्त्रीका स्वकीय सचिव, नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक र नेपाल आयल निगमको प्राविधिकहरुको टोलीले छड्के अनुगमनपछि सोमबार बिहान ठगी गर्ने पम्पमा सिल लगाइएको जनाइएको छ । अनुगमन टोलीमा विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका सचिव सन्तोष विष्ट लगायतका सहभागी थिए ।

टोलीले एकान्तकुनाको प्रशान्ति आइल डिस्टिब्युटर र चापागाउँ दोबाटोको महालक्ष्मी विश्वकर्मा आयल सेन्टरले ठग्दै आएको भेटिएपछि सिल लगाइएको बताइएको छ । अनुगमन टोलीका अनुसार प्रशान्तिले प्रति दश लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति दश लिटरमा ४० एमएल पेट्रोल कम दिँदै आएको थियो ।

साथै, अन्य तीन पेट्रोल पम्पमा भने सामान्य कमजोरी देखिएकाले सचेत गराएर आवश्यक प्राविधिक एवं व्यवस्थापकीय सुधार गर्न निर्देशन दिइएको थियो । मन्त्रालयले उपभोक्ताको हितमा अनुगमनलाई निरन्तरता दिने र आगामी दिनमा यस कार्यक्रमलाई अन्य क्षेत्रमा विस्तार गरिने जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement