बाणगंगा नदीको बगरमा तरबुजा उत्पादन गरी मनग्य आम्दानी

Advertisement

कपिलवस्तुः जिल्लाको बृद्धभूमि नगरपालिका धनकौलीका किसानहरुले तरबुजा उत्पादन गरि प्रशस्त आम्दानी गरेका छन् । मोतीनगर लगायतका गाउँमा सयौं कृषकले बाणगंगा नदीको निख्खर जमिनमा तरबुजा उपादन गरेका हुन् ।

नदीको सुख्खा बगरमा नमूनाका रुपमा उनीहरुले तरबुजा र खरबुजा उत्पादन गरी लाखौंसम्मको आम्दानी गर्दै आएका छन् । यो फल गर्मी समयमा शीतलताका लागि खाने गरिन्छ ।

धनकौलीस्थित रामघाट नदीको बगरमा उत्पादित तरबुजा जिल्लाका विभिन्न स्थानमा लाग्ने स्थानीय हाट बजारमा बिक्रीका लागि लैजाने गरिन्छ । जिल्लामा पाँच हेक्टरमा तरबुजा खेती हुने गरेको जिल्ला कृषि कार्यालयले जनाएको छ । यस वर्ष १३ सय मेट्रिक टन तरबुजा उत्पादन भएको छ । त्यस्तैगरि, ‘माधुरी ६४’ र ‘मधुवाला’ जातका तरबुजा उत्पदान हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement