श्रमिकहरुको तलब अब बैंकिङ प्रणालीबाट

opmcm_office

काठमाडौंः सरकारले अब मजदुरको पारिश्रमिक बैंकिङ प्रणालीबाट दिन पर्ने नियम बनाएको छ । आइतवार बसेको मन्त्रिपरिषदको बैठकले श्रम नियमावली २०७५ लाई स्वीकृति दिएपछि अब श्रमिकले बैंकबाट मात्र तलब लिन पाउने भएका हुन् ।

सरकारले ल्याएको नयाँ नियमअनुसार रोजगारदाताले श्रमिकलाई ज्याला दिँदा बबैंकको माध्यमबाट गर्न पर्ने छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मजदुरको ज्याला भुक्तानी गर्ने व्यवस्था बैंकबाट गरिएको बताए ।

united_cement

‘उनले अब बैंकको माध्यमबाट तलब दिनुका साथै रोजगारदाताले कल्याणकारी कोष खडा गर्नपर्ने र सञ्चय कोष पनि राख्न पर्ने व्यवस्थालाई सरकारले कडाइका साथ लागु गर्ने बताए ।

मन्त्रिपरिषदले नयाँ नियम लागु गरेपछि घटनास्थलमा श्रमिक घाइते भएको अवस्थामा रोजगारदाताले नै सामान्य उपचारपछि थप उपचारको व्यवस्था गर्नु पर्नेछ । यस्तै सरकारले हाल रहेको मजदुरको न्युनतम १० हजार पारिश्रमिकलाई बढाउने भएको छ ।