अन्नपूर्ण पोष्ट, सेतोपाटी, दृष्टिसहित २७ सञ्चार माध्यम प्रेस काउन्सिलको कालो सुचिमा

Advertisement

काठमाडौंः पत्रकार आचार संहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले २७ वटा सञ्चार माध्यमलाई अवज्ञाकारी सुचि (ब्ल्याक लिष्ट)मा राखेको जनाएको छ ।

काउन्सिलले सोमबार जारी गरेको विज्ञप्तिमा आफूले पटक पटक गरेको निर्णय र निर्देशन अटेर गरेको भन्दै २०७४ साउन १ देखि २०७५ जेठ ९ गतेभित्र २७ वटा सञ्चार माध्यमहरु पत्रकार आचार संहिताअनुसार स्वतः कालो सुचिमा परेको उल्लेख गरेको छ ।

आचार संहिता उल्लङ्घनसम्वन्धी उजुरी र अनुगमनका क्रममा फेला परेका उल्लङ्घनका समाचारहरुको छानविन गरी उनीहरुलाई कारवाही गरिएको काउन्सिलले दावी गरेको छ । प्रेस काउन्सिल सञ्चार माध्यमको नियामक संस्था हो ।



Advertisement

Advertisement

Advertisement