नेपाल उद्योग बाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपाल तिवारी नियुक्त

Advertisement

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपाल तिवारी नियुक्त भएका छन् । उनलाई जेठ ९ गते उक्त पदमा नियुक्त गरिएको हो ।

सार्वजनिक–निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकायहरू र संचार क्षेत्रमा लामो समय बिताएका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवं सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रूपमा रहेको नेपाल व्यवसाय मंचमा सल्लाहकार तथा परामर्शदाताको रूपमा कार्यरत थिए ।

अर्थतन्त्रस“ग प्रत्यक्ष जोडिएका संघ संस्थाहरूस“ग आवद्ध तिवारी निजी क्षेत्र, आर्थिक व्यवसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार रहेको भन्दै महासंघले अर्थशास्त्रमा स्नातकोत्तर उनले नेपालमा लगानीको वातावरण सुधार सम्बन्धी विषयमा विद्याबारिधी गर्दै रहेको जनाएको छ ।

तिवारीको अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने विश्वास महासंघले लिएको छ । उनी नेपाल आर्थिक पत्रकार समाजको पूर्वअध्यक्ष पनि हुन ।

Advertisement

Advertisement

Advertisement