पूर्व राष्ट्रिय फुटबल खेलाडीसहित छ जना आइपीएलमा बाजी लगाएको आरोपमा पक्राउ

Advertisement

काठमाडौंः विश्वकै चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल)का खेलहरुमा बाजी लगाउने पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जान केसीसहति छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई आइपीएलका खेलहरुमा बेटिङमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्ररिसरबाट खटिएको टोलीले गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठ र अन्जान केसीलाई मंगलबार विहान पक्राउ गरेको जानकारी दिएको छ ।

अबको केही समयमा उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको छ । अञ्जान केसीसहित पाँच जना म्याच फिक्सिङको आरोपमा यसअघि पक्राउ परेका थिए । फिक्सिङको आरोपमा पक्राउ परेकाहरु धरौटीमा छुटेपनि मुद्दा अझै टुङिगएको छैन ।

आरोपिहरुको साथबाट मोबाइल, ल्यापटप र नगद रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई जुवा र ठगीको मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement