विश्वकप फ्रान्सले जित्ने फिफाको अनुमान, ब्राजिल क्वाटरफाइनलबाट बाहिरिने

Advertisement

एजेन्सीः विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसमा हुने गइरहेको विवश्वकप २०१८ को उपाधि फ्रान्सले जित्ने भविष्यवाणि गरेको छ । फिफाले अघिल्लो विश्वकपमा जर्मनीले उपाधि जित्ने भविष्यवाणि गरेकामा सही सावित भएको थियो ।

फिफाले समूह चरणमा इजिप्टलाई पराजित गर्दै रुस उरुग्वेसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने बताइएको छ । यस्तै अर्जेन्टिना आफ्नो समूहको दोस्रो स्थानमा रँहदै र मेक्सिकोलाई पराजित गर्दै स्वीडेन अन्तिम १६ मा प्रवेश गर्ने बताएको छ ।

फिफाले अन्तिम १६ बाट क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र लियोनेल मेस्सीको अर्जेन्टिना क्वाटरफाइनल नपुग्ने घोषणा गरेको छ । पोर्चुगललाई उरुग्वेले र अर्जेन्टिनालाई फ्रान्सले पराजित गर्ने बताएको छ ।

त्यस्तै कोलम्बियासँग पराजित हुँदै इंग्ल्याण्ड विश्वकपको अन्तिम १६ बाट बाहिरिने बताइएको छ । इंग्ल्याण्ड कोलम्बियासँग पेनाल्टिमा पराजित हुने अनुमान फिफाको रहेको छ ।

ब्राजिललाई क्वाटरफाइनलमा २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम सेमिफाइनल पुग्ने अनुमान फिफाले सार्वजनिक गरेको छ । स्पेनरले क्रोएसिया, फ्रान्सले उरुग्वे र जर्मनीले कोलम्बियालाई हराउने बताएको छ ।

साथै, फिफाले सेमिफाइनलका खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश गर्ने र स्पेनलाई हराउँदै जर्मनी पनि फाइनल जाने बताएको छ ।

फाइनल खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै पेनाल्टीबाट फ्रान्सले जर्मनीलाई ४-३ गोलमा हराउँदै विश्वकपको ट्रफी उचाल्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement