आउँदो बर्षका लागि १३ खर्ब १५ अर्बको बजेट, पुँजीगततर्फ अनुपात बढन सकेन

Advertisement

काठमाडौंः सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

संसदको मंगलबारको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको जानकारी दिए ।

गत बर्ष जारी गरिएको चालु आर्थिक बर्षको बजेटमा पुँजीगत बजेट २६.२ प्रतिशत रहेकोमा यस पटक यो अनुपात घटेको छ । चालु आर्थिक बर्षको १२ खर्ब ७८ अर्बको बजेटमा तीन खर्ब ३५ अर्ब थियो ।

अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ रु ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट रु ५८ अर्ब ८१ करोड ५५ लाख ब्यहोर्दा रु चार खर्ब २५ अर्ब २ करोड ८२ लाख बजेट न्यून हुने छ ।

बजेटमा देखिएको न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट रु दुई खर्ब २५ अर्ब २ करोड ८२ लाख जुटाइने र राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा अपुग हुने खूद रु एक खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने छ ।

Advertisement

Advertisement

Advertisement