काठमाडैंः सरकारले आगामी वर्षको लागि बजेट प्रस्तुत गर्दै रोजगारी र आर्थिक वृद्धिलाई मुख्य प्राथमिक्ता दिएको छ । अर्थमन्त्रीले मंगलवार प्रस्तुत गरेको बजेटमा पाँच लाख युवालाई रोजगारी दिने लक्ष्यका साथै ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको हो ।
अर्थमन्त्री डा युवराज अतिवडाले बजेट कार्यान्वयनबाट करिब पाँच लाखले रोजगार पाउने बताएका छन् । उनले सरकारको नयाँ बजेटले मृख्य वृद्धिलाई पाँच प्रतिशतमा सिमित गर्ने बताए ।
सरकारले चालु आवमा ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएकामा ५ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि हासिल भएको मन्त्रालयले जनाएको छ । यस्तै सरकारले गत वर्षमा एक दशक एताकै सार्वधिक छ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।
हाल नेपालीको प्रतिव्यक्ती आयलार्य आगामी पाँच वर्षमा दोब्बर बनाउने, १० वर्षमा नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लगायतका नीति तथा कार्यक्रम सरकारले सार्वजनिक गरेको छ ।