खेलकुद क्षेत्रलाई २ अर्ब ४ करोड बजेट, सातै प्रदेशमा राष्ट्रिय स्तरको रंगशाला

Advertisement

काठमाडौंः सरकारले आगामी वर्षमा स्थानीय तहसँग सहकार्य गर्दै सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र पार्क बनाउनलाई दुई अर्ब चार करोड रुपियाँ बजेट विनियोजन गरेको छ । सरकारले खेलकुद क्षेत्रलाई विकास गर्नभन्दै प्राथमिक्ताका साथ बजेट विनियोजन गरेको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले बालबालका तथा युवाको शारीरिक र मानसिक विकासमा खेलकुदलाई जोड दिइने गरी बजेट विनियोजन गरेको बताए । सातै प्रदेशमा एक प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरिएको छ ।

सरकारले नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदको माध्यमबाट विकास गर्ने लक्ष्यका साथ १८औं एसियाली खेलकुद र १३औं दक्षिण एसियाली खेलकुद र राष्ट्रिय खेलकुद प्रतियोगितालाई महत्व दिँदै दुई अर्ब चार करोड रुपियाँ बजेट विनियोजन गरेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement