ग्लोबल आइएमई बैंकको शाखारहित नयाँ शाखा साल्मे र खुर्कोट बगैंचामा

Advertisement

काठमाडौंः ग्लोबल आइएमई बैंकले थप दुई नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार लमजुङको साल्मे र पर्वतको खुर्कोट बगैंचामा शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले स्थानीय कृषकहरुको समस्यालाई मध्यनजर गरि शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ । ग्लोबल आइएमई बैंकको हालसम्म १२९ शाखा, १३१ एटिएम, चार एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८७ शाखा रहित बैंकिङ सेवा, तीन प्रतिनिधि कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement