प्रदीप खड्काको फिल्म ‘लभ स्टेशन’मा जसिता गुरुङ सामेल

Advertisement

काठमाडौंः अभिनेता प्रदीप खड्का र ‘लिलिबिली’ निर्माताको संयुक्त लगानी रहने फिल्मको नाम ‘लभ स्टेशन’ राखिएको छ । उज्जल घिमिरेले निर्देशन गर्ने उक्त फिल्ममा प्रदीप खड्काको लिड रोल रहने बताइएको छ ।

‘लभ स्टेशन’मा प्रदीपसँगै ‘लिलिबिली’की अभिनेत्री जसिता गुरुङको पनि मुख्य भुमिका रहेन छ । यस्तै फिल्म युनिटले अहिलेको समयको चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि फिल्ममा ल्याउने कोसिस भईरहेको जनाइएको छ ।

लभ स्टोरिको कथामा घुम्ने लभ स्टेशनमा तीन अभिनेत्री मुख्य भुमिकामा रहने छन् । प्रदीप र जसिताले भने दोस्रो पटकसँगै काम गर्दै छन् । उनीहरुले यसअघि चर्चित फिल्म ‘लिलिबिली’मासँगै अभिनय गरेका थिए ।

Advertisement

Advertisement

Advertisement