नुवाकोटको स्थानीय तहमा बजेट घट्यो

nuwakot_map

नुवाकोटः सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि यहाँका दुई नगरपालिका र १० गाउँपालिकालाई दुई अर्ब ५४ करोड ४३ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार सार्वजनिक भएको बजेटमा सबैभन्दा बढी विदुर नगरपालिकालाई ४६ करोड २३ लाख रुपियाँ र बेलकोटगढी नगरपालिकालाई ३३ करोड ४६ लाख रुपियाँ बजेट छुट्याइएको छ । चालू आवभन्दा आगामी आवमा विदुर नगरपालिकालाई रु दुई करोड बजेट थप गरिएको छ भने बेलकोटगढीको बजेट पाँच करोड रपियाँ घटेको छ ।

यस्तै, ककनी गाउँपालिकाका लागि २३ करोड ७६ लाख रुपियाँ, किस्पाङलाई १५ करोड ३१ लाख रुपियाँ, तादीलाई १७ करोड ४४ लाखरुपियाँ, तार्केश्वरलाई १५ करोड ८१ लाख रुपियाँ, दुप्चेश्वरलाई रु १९ करोड ३५ लाख, पञ्चकन्यालाई १५ करोड नौ लाख रुपियाँ, मेघाङलाई १४ करोड ६५ लाख रुपियाँ, लिखुलाई १६ करोड ५० लाख रुपियाँ, शिवपुरीलाई २१ करोड ६९ लाख र सूर्यगढीका लागि १५ करोड १४ लाख रुपियाँ विनियोजन गरिएको छ ।

चालू आवका लागि यहाँ रहेका स्थानीय तहलाई वित्तीय समानीकरण र सशर्त अनुदानमार्फत दुई अर्ब ९९ करोड ११ लाख रुपियाँ बजेट विनियोजित भएकामा आगामी आवका लागि ४४ करोड ६८ लाख रुपियाँ कम बजेट विनियोजन भएको छ । चालू आवमा भन्दा आगामी आवमा विदुर नपा र ककनी गापाको बजेटमा केही वृद्धि भए पनि बाँकी स्थानीय तहमा बजेट कम विनियोजन गरिएको छ ।