विराटनगर आन्तरिक राजश्व कार्यालयबाट झण्डै चार अर्ब राजश्व संकलन

Advertisement

विराटनगरः आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा जम्मा तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार रुपियाँ राजश्व संकलन गरेको छ । राजश्व कार्यालयले चार अर्बको लक्ष्य लिए पनि यस वर्ष ३९ करोड ४३ लाख ६० हजार रुपियाँ रकम संकलन गर्न सफल भएको हो ।

गतवर्ष सो अवधिमा तीन अर्ब ४४ करोड ५६ लाख १७ हजार रुपियाँ राजश्व संंकलन गरिएको राजश्व कार्यालयका प्रमुख कर अधिकृत दिलीपकुमार गौतमले बताए । संकलित राजश्वमा आयकरतर्फ एक अर्ब ११ करोड ९३ लाख ३७ हजार रुपियाँ, बहाल करतर्फ सात करोड ४० लाख ८२ हजार रुपियाँ, ब्याजकरतर्फ चार करोड ८७ लाख १० हजार रुपियाँ, मूल्य अभिवृद्धि करतर्फ ९६ करोड ३२ लाख ५० हजार रुपियाँ, अन्तःशुल्क करतर्फ एक अर्ब ४८ करोड ९० लाख ९८ हजार रुपियाँ, स्वास्थ्य सेवा करतर्फ नौ करोड ५७ लाख १८ हजार रुपियाँ र शिक्षा सेवा करतर्फ दुई करोड ५५ लाख ५७ हजार रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement