राजा फालेको एक दशकपछि श्रीपेच प्रदर्शनको तयारी

Advertisement

काठमाडौंः गणतन्त्र स्थापना भएको लामो समयपछि पूर्व राजाले सरकारलाई बुझाएको श्रीपेच अबको तीन महिनापछि प्रदर्शनीमा आउने भएको छ । सरकारले समिति बनाउने बताएपछि श्रीपेच प्रदर्शनीमा केही समय लाग्ने भएको हो ।

गणतन्त्र स्थापना भएको एक दशकपछि नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा ल्याउने भएको छ । तर, सरकारले प्रदर्शनमा ल्याउने बताएपछि नारायणहिटी संग्रालयले श्रीपेच प्रदर्शनमा ल्याउन सकिने बताएको थियो । पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार छाड्दा सरकारलाई श्रीपेच र राज दण्ड बुझाएका थिए ।

ज्ञानेन्द्रले दरबार छाडेलगत्तै श्रीपेचलाई प्रदर्शनमा ल्याउने बताइएको थियो । श्रीपेच प्रदर्शनीको लागि बुलेटप्रुफ सोकेश, भित्री सुरक्षामा नेपाली सेना र बाहिरि सुरक्षामा नेपाल प्रहरी खटाइएको छ । जेठ १७ (विहीवार) भित्रमा बनाइएको समितिले पेस गर्ने प्रतिवेदनपछि श्रीपेच प्रदर्शनीमा ल्याउने पर्यटन मन्त्री रविन्द्र अधिकारीले बताए ।

Advertisement

Advertisement

Advertisement