लहान र भिमसेन थापा गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा

Advertisement

काठमाडौंः शाखा विस्तारलाई तीव्रता दिने क्रममा मेगा बैंकले थप दुई वटा शाखा विस्तार गरेको छ । सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा बैंकले शाखा विस्तार गरेको हो ।

मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो ।

यो सँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

Advertisement

Advertisement

Advertisement