एनआइसी एसिया बैंकको नयाँ शाखा रौतहटको बौधीमाईमा

Advertisement

रौतहटः एनआइसी एशिया बैंकले रौतहटको बंकुलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । रौतहटको बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवले विधिवत् उदघाटन गरेपछि एनआइसीको नयाँ शाखा सञ्चालनमा आएको हो ।

बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएसँगै देसभर कुल शाखा १४३ पुगेको छ बैंकले हाल देशभर दुई सय १७ शाखा कार्यालय, दुई सय ३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १६२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब ११२ अर्ब र कुल निक्षेप करिब १३८ अर्ब रुपैयाँ पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement