नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीसँग एफनसीसीआईको आग्रह

Advertisement

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघले नेपाल भ्रमणमा आएको चिनिँया टोलीसँग भेटवार्ता गर्दै नेपालमा लगानी गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष भवानी राणासहित अन्य पदाधिकारीहरुको भेटमा चीनको कुइचाओ उद्योग वाणिज्य महासंघको टोलीसँग नेपालमा लगानी गर्न आग्रह गरेको हो ।

कुइचाओ महासंघका उपाध्यक्ष चाङ चाओको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनिया उद्यमी व्यवसायीहरूबीच बुधवार महासंघ सचिवालयमा भेटवार्ता भएको छ । उपाध्यक्ष चाङ चाओ अखिल चीन उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य पनि हुन् ।

आगामी जुलाईमा चीनको कुइचाओ प्रान्तमा आयोजना हुने नेपाल चीन गैरसरकारी सहयोग मञ्चको बैठकको तयारी भेटघाटका लागि आएको चिनियाँ प्रतिनिधिमण्डलसँग नेपालमा लगानीका लागि सम्भाव्य क्षेत्रहरूका विषयमा छलफल भयो । भेटवार्तामा नेपालमा उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेकाले लगानी गर्न एफनसीसीआईले आग्रह गरेको हो ।

चीनको एक्जिम बैंकको कुइचाओ शाखा नेपालमा लगानी गर्न निकै सकारात्मक रहेको र कुइचाओ विश्व विद्यालय नेपालको शैक्षिक विकासमा तालीम तथा नेपाली विद्यार्थीको उच्च शिक्षामा सहयोग गर्न तयार रहेको जानकारी गराइयो ।

यस्तै कुइचाओ प्रान्तमा हुने सरकारी सहयोग मञ्चको बैठकमा कृषि, पर्यटन, शिक्षा, उर्जा तथा पूर्वाधार लगायतका क्षेत्रमा छलफल राख्ने प्रस्ताव समेत गरियो ।

Advertisement

Advertisement

Advertisement