सिद्वार्थ बैंक आइएमई पे वालेटमा आवद्ध

Advertisement

काठमाडौंः आइएमई पेका सेवाग्राहीहरूले अबदेखि सिद्वार्थ बैंकको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउने जनाएको छ ।

साथै, सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफरसम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आइएमई गु्रपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्वार्थ बैंकबीच ‘आइएमई पे वालेट’ मार्फत मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी गत फागुनमा भएको सम्झौताअनुसार यो सेवा प्रदान गर्न लागिएको बैंकले जनाएको छ ।

तेह्र हजारभन्दा बढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।

Advertisement

Advertisement

Advertisement