तल्लो मोदीमा वम राखिएको घटनाप्रति महासंघ र इप्पानको विरोध

Advertisement

पर्वतः जिल्लाको पार्दीस्थित तल्लो मोदी हाइड्रो पावर परियोजनामा मंगलवार विहान अज्ञात समूहद्वारा बम राखिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको विरोध जनाएको छ । विकास निर्माण परियोजनालाई लक्षित गरी गरिएका त्यस्ता कार्यको महासंघ विरोध गरेको हो ।

सरकारले उर्जा विकासलाई उच्च प्राथमिकतामा राखेर अगाडी बढीरहेको अवस्थामा यस्ता घटना हुनु दुःखद भएको ठहर महासंघले गरेको छ । मुलुक नै विकासको मार्गमा अगाडी बढ्न अग्रसर भैरहेको अवस्थामा भएका यस्ता घटनाप्रति दुख व्यक्त गर्दै दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।

साथै, स्वतन्त्र विद्यृत उत्पादकहरुको संस्था (इप्पान)ले पनि उक्त घटनाप्रति विराध जनाएको छ । उक्त घटनाप्रति तत्काल छानविन गर्न माग गर्दै विगतमा पनि यस्ता खाले घटना हुने गरेकोमा विरोध जनाएको हो ।

निर्माणस्थलमा बम राख्नाले जलविद्युत उत्पादनमा ह्रास आउने बताएको हो ।

Advertisement

Advertisement

Advertisement