प्रचण्डले आफ्नो घर अगाडिको सडक मात्रै गराए पिच

Advertisement

ललितपुुरः हिजोआज ललितपुुर महानगरपालिका–१५ ढोलाहिटीस्थित नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड निवासअघिको सडक चिल्लो, सफासुुग्घर र चिरिच्याट्ट छ । वरिपरिका अरू सडक भने पहिलेजस्तै हिलाम्मे, खाल्डाखुुल्डी परेका र ढल फुुटेका अव्यवस्थित छन् ।

महानगरको वडा नम्बर १५ को पहलमा ढल, पेटी र बिजुुलीका पोल व्यवस्थापन गरी सडक विभागले कालोपत्रे गर्दा दाहाल निवासअघिको ४ सय मिटर सडक यसरी सिँगारिएको हो।

उनको निवासअघिको सडक निर्माणको काम केही महिनाअघि मात्रै सुुरु भएको हो। मूल सडकदेखि दाहाल निवाससम्म जोडिने सडकको कालोपत्रे सक्न सडक विभागले ‘शान्ति निर्माण सेवा’ कम्पनीलाई जिम्मा दिएको थियो। पहिलाको कालोपत्रे भत्किएकाले फेरि पिच गरिएको महानगरपालिका–१५ का वडाध्यक्ष सुुदर्शन मि श्रले बताए। ‘भीआईपी बस्दै आएको ठाउँमा सडक राम्रो बनाउन वडाले पहल गरेको हो’, उनले भने।

दाहाल निवास वरपरको सडक कालोपत्रे गरिए पनि ढोलाहिटीकै अन्य बाटोको अवस्था भने दयनीय छ । आफूहरूको टोलको सडक भने बिरामीलाई गाडीमा राखेर हिँड्न नसकिने अवस्थाको रहेको ढोलाहिटी हाइटमा बस्दै आएका पवन राईले गुुनासो गरे। ‘भीआईपी बस्ने ठाउँमा मात्रै सडक राम्रो बनाउने र जनताले दुुःख मात्रै पाउने त ? ’, उनले भने।

दाहाल निवास छिर्ने मूल सडकखण्डसँग जोडिएको चापागाउँ–ढोलाहिटी सडकखण्ड भत्काएको वर्षौं भइसक्यो। बर्खाको समयमा यो सडक हिँडिनसक्नुु हुुन्छ। खाल्डाखुुल्डी, हिलो, धूलोमैलो, प्रदूषणले यो सडकको विकल्पमा नखिपोट रुटबाट सवारी चलाउनुुपर्ने बाध्यता छ। पानी पर्दा स्थानीय यो सडकखण्डबाट सवारी आवतजावत गराउन सक्दैनन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

Advertisement

Advertisement

Advertisement