विश्वकप फुटबललाई प्रभाव पार्न सक्ने यी हुन् चार प्रभावशाली खेलाडी

Advertisement

एजेन्सीः रुस विश्वकप २०१८ मा विश्वकै सर्वोत्कृष्ट खेलाडीहरुको जम्काभेट हुँदैछ रुसमा । जस्ले आफ्नो व्यक्तीगत प्रदर्शनले नै विश्वकपमा पुरा खेल तालिका र नतिजालाई परिवर्तन गर्न सक्छन् । युरोपका विभिन्न चर्चित क्लबहरुमा व्यवसायीक फुटबल खेलीरहेका उत्कृष्ट खेलाडीहरुले खेल्ने प्रत्येक खेलमा विश्वको ध्यान आफुतिर तान्ने छन् ।

साथै, उनीहरुको प्रदर्शनमा आधारित भएर आफ्ना टोलीले विश्वकप प्रतियोगितामा कतिसम्म टिकाउने भन्ने पनि निर्धारण गर्नेछ । ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र फ्रान्सका उनीहरुबिना उक्त देशको प्रदर्शन विश्वकपमा फिक्का रहने छ ।

उनीहरुको प्रदर्शनले खेल प्रभावित मात्र नभई पुरै विश्वकपको उपाधि उचाल्न सक्ने छन् । विपक्षीका लागि ती खेलाडीहरु टाउको दुखाईको विषय बन्नेछन् । विश्वकपमा फरक देशबाट खेल्ने केही खेलाडी जो आफ्नो एकल प्रयासमा खेलको नतिजालाई उल्टाउन सक्ने पाँच खेलाडीहरु यसप्रकार छन्ः

१ लिओनेल मेस्सी (आर्जेन्टिना)
बार्सिलोनाका फरवार्ड लिओनेल मेस्सी विश्वकपमा एकल प्रयासमा आफ्नो टोलीलाई विश्वकपको ट्रफी दिलाउन सक्ने खेलाडीमा गनिन्छन् । ३० वर्षीय उनले बार्सिलोनामा रहँदा जस्तै प्रदर्शन देशको लागि गर्ने हो भने अर्जेन्टिनाले विश्वकपको उपाधि संङख्या ३ पुर्याउन सक्छ ।

मेस्सीलाई विश्वकपमा साथ दिने सर्जियो अगुइरो, एन्जल डी मारियाले फरवार्डमा साथ दिनेछन् । अर्जेन्टिना सन् २०१४ को विश्वकपमा जमर्नीसँग फाइनलमा पराजित भएको थियो । मेस्सीले हालसम्म देशका लागि अन्तर्राष्ट्रिय ठुला उपाधि दिलाउन सकेका छैनन् ।

२ क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
पोर्चुगलका ३३ वर्षीय खेलाडी रोनाल्डोले आफ्नो उपस्थिती विश्वकपमा बलियो बनाउने निश्चित छ । उनी पनि विश्वकपमा एकल प्रयासमा टोलीलाई उपाधि नजिक पुर्याउन सक्ने क्षमता राख्छन् ।

रोनाल्डो हाल स्पेनीस क्लब रियल मड्रिडमा व्यवसायीक खेल खेलीरहेका छन् । उनले पोर्चुगललाई २०१६ मा आयोजना भएको युरो कप फुटबलको उपाधि जिताएका थिए । यस्तै विश्वकपमा रोनाल्डोको प्रदर्शन खास रहने लगभग पक्का छ ।

३ नेइमार (ब्राजिल)
विश्वकै सार्वधिक महँगा ब्राजिलीयन युवा स्टार नेइमार व्यक्तीगत खेलको कारण आफ्नो टोलीलाई विश्वकपको उपाधि दिलाउन सक्ने एक मात्र खेलाडी हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट खेलीरहेका उनी अहिले २६ वर्षका भए ।

नेइमारले टोलीका लागि खेल्ने प्रत्येक खेलमा विपक्षीका टाउको दुखाईको विषय बन्ने नेइमारले एकल प्रयासमा ब्राजिललाई विश्वकपको छैटौं उपाधि जिताउन सक्छन् । उनलई विश्वकपमा ग्राबियल जेसस, र्फनान्डो, सिल्भा, कौटिन्हो, पाउलिन्हो लगायतका थुप्रै खेलाडीले देशलाई उपाधि दिलाउन सहयोग गर्ने छन् ।

४ एन्टोनी ग्रिजमन (फ्रान्स)
फ्रेन्च खेलाडी एन्टोनी ग्रिजमनले पनि विश्वकपमा फ्रान्सलाई उपाधि उचाल्न ठुलै सहयोग गर्ने छन् । विश्वकपको उपाधि फ्रान्सले जितेमा उनको भुमिका महत्वपुर्ण हुनेछ ।

स्पेनीस क्लब एथ्लेटिको मड्रिडबाट फुटबल खेलिरहेका ग्रिजमनको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले २०१६ मा भएको युरो कपको फाइनल यात्रा तय गरेको थियो । यस्तै विश्वकपमा फ्रान्सको यात्रालाई ग्रिजमनको प्रदर्शनले निर्धारण गर्ने छ ।

Advertisement

Advertisement

Advertisement