सुन तस्करीमा मुछिएका एसएसपी श्याम खत्रीले अदालतसमक्ष गरे आत्मसमर्पण

Advertisement

काठमाडौंः सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ अपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । प्रहरीको फरार सूचिमा रहेको उनले विहीवार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन् ।

प्रहरीले खत्रीको खोजीमा इन्टरपोलमा समेत नोटिस जारी गरेको थियो । एसएसपीले दिने बयानले सुन तस्करी प्रकरणमा नसुल्झको विषयलाई खोतल्न सक्ने प्रहरीले बताएको छ ।

सुन तस्करीका नाइके भनिएका नुडामणी उप्रेती ‘गोरे’ ले बयानका क्रममा श्याम खत्रीले एक किलो सुन पास गराएवापत ५० हजार रुपियाँ लिने गरेको बताएका थिए । उनले खत्रीसँग सेटिङ मिलाउने काम छिरिङ वालेङ भएको बयान दिएका थिए ।

खत्रीले अहिलेसम्म सुन तस्करीमा सगाएपछि गोरेले एक करोड १२ लाख रकम लिएको लिस्ट प्रहरीले भेटाएको थियो । यस्तै गोरेले तस्करीमा संलग्न रहेका अन्यको पनि नाम सार्वजनिक गरेका थिए ।

यसअघि श्याम खत्री दुवईबाट आएको ३४ किलो सुन काण्डमा पनि समातिएका थिए । तर, अदालतको सफाईपछि उनी जेलमुक्त भएका थिए ।

Advertisement

Advertisement

Advertisement