भनेको नाम नपाएपछि नेकपाले फेरि पार्टीको नाम फेर्यो

Advertisement

काठमाडौंः एमाले र माओवादी केन्द्र एक भई नामाकरण गरिएको नयाँ पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएपछि नयाँ पार्टीको नामलाई अण्डरलाइन गरेर एकता घोषणा गरिएकोमा दुई सातापछि फेरि नाम फेर्ने काम भएको छ ।

आयोगमा ऋणि कट्टेलको नाममा यसअघि नै नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको भेटिएपछि केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अण्डरलाइन भएको नेकपा कम्युनिष्ट पार्टीको सट्टा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भनेर पार्टी दर्ता गरिएको छ ।

यसबाट ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आफ्नो पार्टीको नाम छोटकरीमा नेकपा लेख्न नपाउने भएको छ । दुई दलबीच जेठ ३ गते एकीकरण हुनुअघि नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकोमा नाम जुधेपछि आयोगले अण्डरलाइन गरेर दर्ता गरेको थियो ।

नयाँ पार्टीका संसदीय दलका उपनेता सुवास नेम्बाङले सबैको सुझावअनुसार पार्टीको नाम मिलाउन आयोगसँग निरन्तर छलफल भइरहेको भन्दै यस विषयमा आयोगलाई आवश्यक कागजात पनि पठाएको बताएका छन् ।

एउटै नाम तर अन्डरलाइन गरेर मात्रै फरक गर्दा छुट्याउन अप्ठेरो हुने भन्दै सुझाव दिएपछि नयाँ निर्णय लिनुपरेको नेम्वाङको भनाई छ ।

Advertisement

Advertisement

Advertisement