बजेट आएपछि सेयर बजार बढ्ने आशामा बसेका लगानीकर्तामा निराशा, नेप्सेमा दोहोरो अंकको गिरावट

Advertisement

काठमाडौंः बजेट जारी भएपछि सुधार आउने आशा राखिएको सेयर बजार नेप्सेमा सुधार आउन सकेको छैन् । साताको अन्तिम दिन विहीवार आज दोहोरो अंकको गिरावट आएको छ ।

आजे नेप्से १४ दशमलव ६१ अंकले घटेर एक हजार ३०७ दशमलव ६६ अंक कायम भएको छ । विहीवार ३४ करोड ५९ लाख रपियाँ बराबरका सात लाख कित्ता सेयर किनवेच भए । हिजो बुधवारको तुलनामा ४३ करोड रुपियाँ बराबरको कारोबार भएको थियो ।

नेप्से दोहोरो अंकले गिरावट आएपनि व्यपार समूहमा दुई दशमलव ९६ अंकले वृद्धि भएको छ । विहीवार सबैभन्दा बढी बीमा समूहमा एक १५ दशमलव ७२ अंकको गिरावट भएको छ । यस्तै उत्पादन समूहमा २५ दशमलव दुई अंकको, होटल समूहमा २२ दशमलव ३१ अंकको गिरावट आएको छ ।

साथै, वाणिज्य बैंक समूह, विकास बैंक समूह, जलविद्युत समूह र लघुवित्त समूहमा दोहो अंकले गिरावट आएको छ ।

Advertisement

Advertisement

Advertisement