ओलीको पाँच दिने लामो चीन भ्रमणको तालिका सार्वजनिक

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली सरकार गठन भएपछि पहिलोपटक चीन भ्रमणमा जाने मीति सार्वजनिक भएको छ । मन्त्रालयकाअनुसार प्रधानमन्त्री ओलीको चीन भ्रमण असारको पहिलो सातामा हुने भएको हो ।

ओली असार ५ देखि १० गतेसम्म चीनको औपचारिक भ्रमणमा निस्किने भएका छन् । उनले चीन भ्रमण सिचवान प्रान्तबाट सुरु हुने मन्त्रालयले जनाएको छ । ओलीको चीन भ्रमणमा चिनियाँ उच्च नेताहरुसँग समेत भेट हुने कार्यतालिका रहेको बताइएको छ ।

उनले चीन भ्रमणमा रेलमार्ग, अन्तरदेशीय प्रसारण लाइन, सुख्खा बन्दरगाह लगायतका विषयमा छलफल गर्ने छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वैशाख पहिलो सातामा बेइजिङ पुगेर ओलीको भ्रमणका विषयमा छलफल गरेका थिए । यस्तै चीनले महत्वकांक्षी परियोजना बीआरआईमा नेपालको ठोस धारणा खोजिरहेको छ ।

Advertisement

Advertisement

Advertisement