विश्वकप फुटवलको अवसरमा टिसिएलका टेलिभिजनहरुमा तीन बर्षको वारेन्टी घोषणा

Advertisement

काठमाडौंः विश्वकै तेस्रो ठूलो टेलिभिजन ब्राण्डको रुपमा चिनिएको टिसिएलले फिफा विश्वकप फुटवलको अवसरमा तीन बर्षको वारेन्टीको घोषणा गरेको छ ।

नेपाल टिसिएल ब्राण्डका टिभीहरु बिक्री गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको कम्पनी इओएल प्रालिले बिहीबार पत्रकार सम्मेलन गरी उक्त ब्राण्डका टेलिभिजनहरुको खरिदमा तीन बर्षको वारेन्टीको घोषणा गरेको हो ।

इओएलले सिटिएलसँग आवद्ध भएर एलटिभिहरुमा तीन बर्षको वारेन्टी प्रदान गर्न थालेको हो । जसअन्तर्गत दुई बर्षको पूरा वारेन्टी र एक बर्षको सर्भिस वारेन्टी रहेको छ ।

टिसिएल चिनियाँ ब्राण्ड भए पनि अमेरिकामा सबैभन्दा बढि लोकप्रिय रहेको छ । बिगत ३८ बर्षअघि अडियो व्यवसायबाट सुरु भएको टिसिएलका विभिन्न घरायसी उपहारहरु विश्वका ८० भन्दा बढि मुलुकमा बिक्री हुने गरेको जनाइएको छ ।

नेपालमा बिगत पाँच बर्षदेखि टिसिएलका टेलिभिजनहरु बिक्रीबितरण भइरहेको छ । विश्वकप लक्षित तीन बर्षको वारेन्टी अफरले नेपालको टिसिएलको बजार हिस्सा १० प्रतिशत नघाटन सफल हुने सिजी इलेक्ट्रोनिक्सका वरिष्ठ महाप्रवन्धक केएन झाले बताए । उनले टिसिएल राम्रो गुणस्तरको सस्तो र टिकाउ हुने टेलिभिजन हो भने ।

आजैदेखि टिसिएलका नयाँ रेन्ज (एस६, एस६२)का स्मार्ट टेलिभिजनहरु पनि बजारमा ल्याइएको छ । नेपालमा तीन बर्षमा १२ देखि १५ प्रतिशत बजार हिस्सा पुर्याउने योजनामा रहेको टिसिएल अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि चर्चित फुटबलर नेइमारलाई आफ्नो ब्राण्ड एम्बासडर बनाएको छ ।

Advertisement

Advertisement

Advertisement