प्रदेश ४ मा २६ अर्बको बजेट ल्याउने तयारी, पर्यटन क्षेत्र प्राथमिक्तामा

Advertisement

पोखराः आगामी आर्थिक वर्षका लागि प्रदेश ४ सरकारले २६ अर्ब रुपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आन्तरिक आम्दानीबाट र अनुदानबाट प्रात्त २० अर्ब रुपियाँ तथा ऋण गरि २६ अर्ब रुपियाँको बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले पर्यटन क्षेत्रलाई ध्यानमा राखेर बजेट ल्याउन लागेका हुन् । यस्तै सरकारले ऊर्जा, कृषि र भौतिक पुर्वाधारलाई प्राथमिक्तामा राखेको छ ।

बजेटबाट गरिबी निवारण, सामाजिक संरक्षण, सुसासन, स्रोत व्यस्थापन लगायतका विषयलाई पनि समेट्ने बताइएको छ । प्रदेशमा लगानीमैत्री वातावरण, रोजगारी सिर्जना गर्ने जस्ता महत्वकांक्षी योजना पनि समेटिने अर्थमन्त्रीले बताए ।

प्रदेशका गौरवका आयोजनामा लगानी बढाउँदै राजधानीसँग जोड्ने स्तरीय सडक सञ्जाल निर्माणमा सरकारले जोड दिने बताइएको छ । सडक पुल, नहर, खानेपानी, अस्पताल, विद्यालय, पार्क, सहरी तथा ग्रामीण क्षेत्रको भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement