एनआईसी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

Advertisement

चन्द्रपुरः एनआईसीएशिया बैंकले रौतहटको चन्द्रपुर नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जैसवालले शाखाको उद्घाटन गरेपछि शाखा औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

बैंकको वासलातको आकार एक सय ६३ अर्बभन्दा बढि पुगेको छ भने, कुल कर्जा करिब एक सय १३ अर्ब र कुल निक्षेप करिब एक सय ३९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

बैंकको देशभर गरि दुई सय १७ शाखा, दुई सय ३ एटिएम, आठ वटा एक्स्टेन्सन काउण्टर एवं आठ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement