विश्वकपको कुल पुरस्कार राशी ४० करोड डलर, विजेतालाई ३ करोड ८० लाख

Advertisement

एजेन्सीः विश्वकै सार्वाधिक लोकप्रिय खेल प्रतियोगिता फिफा विश्वकप २०१८ अबको १३ दिनपछि रसियामा सुरु हुँदैछ । विश्वका छ महादेशका ३२ राष्ट्रको सहभागीता हुने उक्त प्रतियोगिता संसारभर सञ्चालन हुने खेल प्रतियोगितामध्येको सार्वधिक महँगो पनि हो ।

त्यसो त फुटबल विश्वकपको विजेताले पाउने पुरस्कार राशी कति होला ? करिब १० लाख मानिसले रुसमा पुगेर प्रत्यक्ष हेर्ने अनुमान गरिएको विश्वकपको अन्तिम चरणमा स्थान बनाउन दुई सयभन्दा बढी राष्ट्रहरुले छनौटमा सहभागीता जनाएका थिए ।

विश्वकप अघि खेलाइएको विभिन्न छनौट पार गर्दै विश्वकपमा स्थान बनाएका प्रत्येक टोलीलाई पुरस्कार दिने व्यवस्था छ । विश्वकपमा सहभागी ३२ टोलीले पुरस्कार स्वरुप ४० करोड अमेरिकी डलर (४३ अर्ब रुपियाँ) पाउँने छन् ।

विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्ने टोलीले सार्वधिक पुरस्कार राशी तीन करोड ८० लाख अमेरिकी डलर (४ अर्ब १० करोड रुपियाँ) पाउँने व्यवस्था रहेको छ । यस्तै फाइनलमा पराजित भई दोस्रो हुने टिमले दुई करोड ८० लाख अमेरिकी डलर (तीन अर्ब दुई करोड रुपियाँ) पाउँने छ ।

Russia-worldcup

चौथो स्थानमा रहने टोलीले दुई करोड २० लाख अमेरिकी डलर (दुई अर्ब ३७ करोड रुपियाँ) पुरस्कार पाउँनेछ । त्यस्तै, तेस्रो स्थानमा रहँने टोलीले दुई करोड ४० लाख अमेरिकी डलर (दुई अर्ब ९८ करोड रुपियाँ) पाउँनेछ ।

प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिने प्रत्येक टोलीले १ करोड ६० लाख अमेरिकी डलर (१ अर्ब ७२ करोड रुपियाँ) पाउँने छन् । क्वाटरफाइनलबाट बाहिरिने ४ टोलीलाई ६ करोड ४० लाख अमेरिकी डलर (छ अर्ब ९० करोड रुपियाँ) छुट्याइएको छ ।

यस्तै, अन्तिम १६ बाट बाहिरिने प्रत्येक टोलीले १ करोड २० लाख अमेरिकी डलर (१ अर्ब २९ करोड रुपियाँ) पाउने छन् । अन्तिम १६ बाट बाहिरिने आठ टोलीलाई ९ करोड ६० लाख अमेरिकी डलर ( १० अर्ब ३५ करोड रुपियाँ) छुट्याइएको छ ।

साथै, समूह चरणबाट बाहिरिने टोली, समूह चरण पुगेका, क्वाटरफाइनल, सेमफिाइनल र फाइनलमा पुग्ने टोली प्रत्येक टोलीलाई पुरस्कार दिइने छ ।

प्रतियोगितामा समूह चरणबाट बाहिरिने प्रत्येक टोलीलाई ८० लाख अमेरिकी डलर (८६ करोड ३२ लाख) रुपियाँ दिँइने छ । समूह चरणबाट बाहिरिने १६ टोलीका लागि १३ करोड ८० लाख डलर (१३ अर्ब ८० करोड रुपियााँ) छुट्याइएको छ ।

prize of world cup tournament 2018:

prize_world-cup

Advertisement

Advertisement

Advertisement