नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सञ्चालन

काठमाडौंः मोबाइलका सम्पुर्ण समस्या समाधान गर्ने ईजी मोबाइल केयरले ईजी सर्भिस अन्तर्गत एस्यूरेन्स सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मोबाइल प्रयोगकर्ताहरुको मागलाई मध्यनजर गर्दै मोबाइल स्क्रीनको ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक गरेको हो ।

एस्युुरेन्स सेवा अन्तरगत नेपालमा नै पहिलो पटक स्मार्टफोनहरुको डिस्प्ले÷स्क्रीन फुटे निशुल्करुपमा फेरिदिने कम्पनीको योजना रहेको छ । यस योजनामा मोबाइल फोन ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको डिस्प्ले एस्यूरेन्स सेवा ईजी सर्भिस र ईजी सर्भिसको आधिकारिक सेवा प्रदायकबाट गराउन सक्ने, नयाँ मोबाइल किनेको एक महिना भित्र सुचारु गरिसक्नुपर्ने साथै, कम्पनीले आगामी दिनहरुमा पूराना मोबाइल फोनहरुमा पनि यो योजना ल्याउने तयारी गरेको जनाएको छ ।

united_cement

उक्त सेवा लिईसकेपछि ग्राहकहरुले आफ्नो फुटेकोे डिस्प्ले निशुल्क फेर्न पाउने भएको छ । महंगो स्मार्टफोन खरिद गरेर दूर्घटनाबस फुट्ने समस्याहरु निकै भोगिरहेको छ त्यसलाई समाधान गर्न नेपालमा नै पहिलो पटक यो योजना ल्याएको ईजी मोबाइल केयरका अध्यक्ष संजित पौडेलले बताए ।

कम्पनीले आगामी दिनमा पानीमा परेर मोबाइल बिग्रने समस्या तथा हराएको वा चोरी भएका मोबाइल फोनहरुको लागि समेत एस्यूरेन्स योजना ल्याउने तयारी गरेको छ । यो सेवा कुनैपनि ब्राण्डका स्मार्टफोन प्रयोगकर्ताहरुको लागि उपलब्ध हुनेछ ।

नेपालमा मोबाइल सर्भिस कम्पनीले यो सेवा हाल काठमाडौं उपत्यकाका लागि शुरु गरीसकेको छ भने आगामी दिनमा देशैभर लैजाने योजना लिएको छ । यस कम्पनीले एक रुपियाँ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना संचालन गर्दै आईरहेको जनाएको छ ।