एक रुपियाँमा विश्वकपको जर्सी पाइने

Advertisement

काठमाडौः विश्वकप फुटबलको कुरा चलिरहँदा आफूलाई मन पर्ने देशको जर्सी किन्नका लागि मोबाइल एप ‘रिचार्जर’ले एक रुपियाँमा जर्सी उपलब्ध गराउने भएको छ । यस ब्राण्डको प्रवद्र्धन गर्दै नेपाली फुटबल प्रेमीलाई नौ सय ९९ रुपियाँको जर्सी एक रुपियाँमा प्रदान गर्ने उक्त एपले अफर ल्याएको छ ।

यो अफर आगामी आइतबार दिउँसो १२ बजेबाट सुरु हुनेछ । सो अफर रिचार्जरको मोबाइल एपमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

यस सेवा प्रयोग गर्न गुगल प्लेस्टोर एप्पलको एपस्टोरबाट ‘रिचार्जर’ एप डाउनलोड गरी आफ्नो एकाउण्ट खोलेपछि प्रयोगकर्ताले एक रुपियाँ क्यास व्याक पाउने छन् । आफूले जतिको मोबाइल रिचार्ज गरिन्छ, त्यत्ति नै क्यास व्याक पाइन्छ । यसरी प्राप्त हुने क्यास व्याकलाई ‘रिचार्जर’ एपबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिनेछ ।

पाँचसय रुपियाँ क्यास व्याक सदुपयोग गरी एक रुपियाँ मात्र भुक्तान गर्दा नौ सय ९९ रुपियाँकोे जर्सी पाउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताइन् । यो अफर प्रत्येक एक महिनामा नियमित रुपमा सञ्चालन गरिने ग्लाइडरले जानकारी दिइन् ।

मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा ११ वटा बैंकको इबैंकिङ, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement