खेतियोग्य जग्गा खण्डीकरण अब पूर्णरुपमा बन्द हुन्छः मन्त्री खनाल

Advertisement

काठमाडौंः कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खालको नीति ल्याउने अन्तिम तयारी भइरहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा उनले भने, ‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खाले नीति ल्याउने अन्तिम तयारीमा छौं । खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति त्यसमा समावेश हुन्छ ।’

मन्त्री खनालले कृषि, पर्यटनले मात्रै स्वदेशमा रोजगारी सिर्जना हुने र आर्थिक समृद्धि हाँसिल गर्न सक्ने दाबी समेत गरे । कृषि नीतिमा आमूल परिवर्तन गर्दै मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको पनि खनालले बताए ।

उनले भने, ‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्नेखाले नीति ल्याउने अन्तिम तयारीमा हामी जुटेका छौं ।’ त्यस्तै खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति पनि त्यसमै समावेश हुने खनालको भनाई थियो ।

मन्त्री खनालले हाल नेपालमा ११ प्रकारका भूमिहरु रहेको बताउँदै अब त्यसलाई चार प्रकारका भूमिमा वर्गीकरण गरेर व्यवस्थित् गर्ने बताए । कृषि क्षेमा आधुनिकीकरण आवश्यक रहेको भन्दै उनले भूमिलाई कृषि, व्यवसायिक, औद्योगिक र बसोबास भूमिमा वर्गीकरण गरेर अहिले देखिएका समस्याको समाधान गरिने बताए ।

Advertisement

Advertisement

Advertisement