नेइमारको आडमा छैटौं पटक विश्वकप जित्ने लक्ष्यमा ब्राजिल

Advertisement

एजेन्सीः विश्व फुटबलको सार्वधिक सफल टोली ब्राजिलले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि उचालेको छ । ब्राजिलले पछिल्लो पटक २००२ मा विश्वकपको उपाधि जितेको थियो । विश्वकपका संस्करण सुरु भएदेखि सबै संस्करणमा सहभागी भएको ब्राजिल प्रत्येक प्रतियोगिताको उपाधि दाबेदार मानिन्छ ।

फिफा विश्वकप २०१८ मा उपाधि जित्ने सम्भावना भएको सबैभन्दा बलियो टोलीकोरुपमा हेरिएको ब्राजिल लगभग पुर्णरुपमा नेइमारको आडमा छ । समूहमा ब्राजिलले स्वीजरल्याण्ड, कोस्टारिका र सर्बियाको सामना गर्नेछ ।

ब्राजिलको तुलनामा समूहका अन्य टोली कमजोर रहेकाले समूह चरण सहजै पार गर्ने अनुमान गरिएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध २६ बर्षीय नेइमार ब्राजिललाई विश्वकप दिलाउन सक्ने एक मात्र हतियार हुन् ।

brazil1

विश्वका उत्कृष्ट खेलाडीहरुको वर्चश्व रहेको ब्राजिलमा नेइमार, जेसस, रोबर्टो जस्ता स्ट्राइकर रहेका छन् । यस्तै टोलीमा विलियम, फर्डिनान्डो, कासेमिरो, काउटिन्हो जस्ता मिडफिल्डरले स्ट्राइकरलाई गोल गर्न सहयोग गर्ने छन् ।

साथै, मार्सेलो, डानिलो मिरान्डा लगायतका डिफेन्डरले भरपुर प्रदर्शन गर्ने छन् । यसपटककको ब्राजिलियन टोलीमा विश्वका सबैभन्दा मँहगा खेलाडीहरुको वर्चश्व छ ।

brazil-england

तर, ब्राजिलमा प्रतिशालाी खेलाडीको कमी नभएपनि नेइमारबीना टोलीको विश्वकप उपाधि जित्ने लक्ष्य फिक्का रहन्छ । विश्वका मंँहगा खेलाडी नेइमारको प्रदर्शनको वरिपरि घुम्ने छ छैटौं पटक विश्व च्याम्पियन बन्ने ब्राजिलको सपना ।

२०१६ मा ओलम्पिकमा पहिलो पटक स्वर्ण पदक जिताएका नेइमारको आसमा ब्राजिल इतिहास रच्ने दाउमा छ ।

neymar-1

Advertisement

Advertisement

Advertisement