शुभम् पावरको दुई लाख कित्ता आइपीओ बिक्री खुला

Advertisement

काठमाडौंः शुभम् पावर कम्पनीको दुई लाख कित्ता सेयर आइपीओ आइतवारदेखि खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई २० प्रतिशत आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको दुई करोड रुपियाँ बराबरको आइपीओका लागि आजदेखि आवेदन खुलेको हो । आवेदकले आइपीओका लागि न्युनतम ५० कित्तादेखि एक हजार कित्तासम्ममा आवेदन दिन पाउने कम्पनीले बताएको छ । खुला भएको आइपीओको बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल रहेको छ ।

शुभम्को आइपीओ निष्काशन बन्द असार ३ गतेदेखि २४ गतेसम्ममा हुने बिmत्री प्रबन्धकले जनाएको छ । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २० करोड रुपियाँ पुग्ने छ ।

Advertisement

Advertisement

Advertisement