विश्वकपले रुसको दुई प्रतिशतसम्म आर्थिक वृद्धि, पर्यटन व्यवसाय आम्दानीको मुख्य स्रोत

Advertisement

मस्कोः अबको केही दिनपछि विश्व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता युरोपियन राष्ट्र रुसमा आयोजना हुँदै छ । विश्वकप प्रतियोगिताले आयोजक रुसको अर्थतन्त्रमा सकारात्मक असर पुर्याउने विश्व विख्यात अर्थशास्त्रीहरुले बताएका छन् ।

विश्वकपको फुटबल प्रतियोगिता आयोजना गरेको कारण गत वर्षको तुलनामा यो वर्ष आयोजक रुसले दुई प्रतिशतसम्म आर्थिक वृद्धि गरेको अर्थशास्त्रीहरुले बताएका छन् । विश्वकपका कारण अधिकांस रुसी नागरिकले रोजगारी पाएकाले आर्थिक वृद्धि हुने बताएका हुन् ।

तर, विश्वकपले पुर्याउने असर छोटो समयका लागि हुने बताएका हुन् । आयोजकले भने विश्वकपको तयारीका लागि पुर्वाधार निर्माणमा अर्बै रुपियाँ खर्च गरेको बताएको छ । विश्वकै ठुलो प्रतियोगिता आयोजनामा गरेको लगानीले पर्यटन र फुटबलको विकासमा सदुपयोग हुने र अर्थतन्त्र वृद्धि हुने छ ।

रुसले विश्वकपका लागि विभिन्न सहरमा १२ वटा रंगशालाको निर्माण गरेको छ । जसले फुटबलमा सकरात्मक असर पर्नेछ र खेलाडीहरु रोजगार बन्नेछन् । विश्वकप एक महिनासम्म चल्दा रुसमा कम्तिमा पनि १३ लाख दर्शकले फुटबल हेर्नेछन् ।

दर्शकले तिरेको पैसाले र होटलमा बस्दा र पर्यटकले गरेको खर्चले पनि रुसले लगानी गरेको खर्च उठाउन पर्याप्त हुने छ । आयोजकका अनुसार करिब पाँच लाख ७० हजार विदेशी र सात लाख रुसी सर्मथकले विश्वकपको प्रत्यक्ष खेल हेर्नेछन् ।

Advertisement

Advertisement

Advertisement