लगातार ५१औं दिनसम्म हलमा ‘लिलिबिली’, कमाई कति ?

Advertisement

काठमाडौंः चर्चित युवा स्टार प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘लिलिबिली’ प्रदर्शनमा आएको ५१औं दिन पुगेको छ । फिल्म गत चैतबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको हो ।

आज (आइतवार)देखि फिल्मले प्रदर्शनमा आएको ५१औं दिनमा प्रवेश गरेको छ । फिल्म ५१औं दिनसम्म चलेको अवसरमा निर्माता गोविन्द शाहीले प्रदीपसँग मिलेर निर्माण गर्न लागेको फिल्म ‘लभ स्टेसन’को घोषणा गर्न लागेका छन् ।

कार्यक्रममा ‘लिलिबिली’ ले ५१औं दिनसम्म प्रदर्शनमा आएको खुसियालीमा केक काट्ने योजना रहेको जनाइएको छ । फिल्म हाल गोपीकृष्ण, अष्टनारायण, बाराहीसहित चार हलमा प्रदर्शन भइरहेको छ ।

फिल्मले प्रदर्शनमा आएको दुई दिनमा नै दुई करोड रुपियाँ कमाएको बताएको थियो ।

Advertisement

Advertisement

Advertisement