विश्वकप फुटबलको अवसरमा टिसिएलको तीन बर्षको वारेन्टीसँगै २५ प्रतिशतसम्म छुट अफर

Advertisement

काठमाडौंः फिफा विश्वकप फुटबलको अवसरमा लोकप्रिय टेलिभिजन ब्राण्ड टिसिएलले तीन बर्षको वारेन्टीका साथै २५ प्रतिशतसम्म छुटको घोषणा पनि गरेको छ ।

हरेक चार चार बर्षमा आयोजना हुने विश्वकप महाकुम्भ मेलाको विशेष अवसरमा टिसिएलले आफ्ना ग्राहकहरुलाई मेरो टिम मेरो विश्वासअन्तर्गत टिभीहरुको खरिदमा २५ प्रतिशत सम्मको छुटको अफर ल्याएको हो ।

नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनहरु बिक्री गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रालिले २० इन्चदेखि ६५ इन्चसम्मको स्मार्ट तथा ननस्मार्ट मोडलहरुको मूल्य ग्राहकहरुको उच्च रोजाई बन्न सफल भएको भन्दै विश्वकप फुटबललाई लक्षित गरेर टिसिएलले विशेष अफर ल्याएको जनाएको हो ।

विश्वकै तेस्रो ठूलो टेलिभिजन ब्राण्डको रुपमा परिचित टिसिएल चिनियाँ ब्राण्ड भए पनि अमेरिकामा सबैभन्दा बढि बिक्री हुन्छ । नेपालमा पनि तीन बर्षभित्र १२ देखि १५ प्रतिशत बजार हिस्सा लिने योजनामा टिसिएल रहेको छ ।

Advertisement

Advertisement

Advertisement