एलजीको नयाँ शोरुम महाराजगंजमा

Advertisement

काठमाडौँः सिजी इलेक्ट्रोनिकस्ले एलजीकोे नयाँ शाखा महाराजगञ्जमा सञ्चालनमा ल्याएको छ । इनोभा इले्रक्ट्रोनिक्सको नाममा सञ्चालन हुने एलजीको ४६औं शोरुम आइतवारदेखि सञ्चालनमा ल्याइएको हो ।

एलजी ब्राण्डले ग्राहकहरुको आवश्यकता पूरा गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउँदै लैजाने उद्देश्य रहेको बताएको छ । यो नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने उसको भनाई छ ।

त्यसैगरी, एलजीले ग्राहकहरुलाई आफ्ना सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको जनाएको छ । जसअनुसार कुनै पनि एलजीका सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । यो योजना उद्घाटनको दिनदेखि १० दिनसम्म लागू हुनेछ ।

साथै, ग्राहकले बम्पर लक्की ड्र मार्पmत आकर्षक उपहार पनि जित्न सक्नेछन् । यस कम्पनीले भविष्यमा देशको अन्य ठाँउमा पनि शोरुम सञ्चालनमा ल्याउने बताएको छ ।

Advertisement

Advertisement

Advertisement