अर्थमन्त्री भन्छन्- अन्य मुलुकमा ५० प्रतिशत आयकर छ, तर पनि निजी क्षेत्रले लगानी गरेकै छ

Advertisement

काठमाडौंः अर्थमन्त्री युवराज खतिवडाले बजेट निर्माणमा कसैलाई पनि भेदभाव नगरेको बताउँदै संघीयता आएपछि पहिलो पटक आएको बजेटलाई पूराना बजेटहरुसँग तुलना नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा आइतबार जवाफ दिँदै खतिवडाले भने, ‘देश संघीयतामा गएको कुरा सबैलाई जानकारीमै छ । सुन्तता र स्याउको तुलना हुँदैन।’

उनले एक आपसमा आरोप प्रत्यारोप बन्द गरेर बजेट कार्यान्वयनतिर लाग्नुपर्ने भन्दै भने, ‘हामी लामो म्याराथन दौडमा छौं, पाँच सय मिटर दगुर्दैमा निष्कर्ष ननिकालौं । हेर्दै जाऔं, लामो दौडमा हामी जित्छौं ।’

प्रदेशहरुबीच विभेद भएको कुरा सत्य नभएको भन्दै खतिवडाले कुनै पनि क्षेत्रलाई विभेद नगरिएको जिकिर गरे । वित्तिय आयोगका पदाधिकारीले दिएको सूत्रको आधारमा बजेट विभाजन भएकाले शंका नगर्न उनले आग्रह थियो ।

कसैले जितेको क्षेत्रको आधारमा बजेट विभाजन नभएको भन्दै उनले निर्वाचन क्षेत्र कार्यक्रममा अहिले धेरै असन्तुष्टि नराख्न पनि आग्रह गरे । कसैलाई पनि अपमान र अनादर गर्ने प्रयास नगरेको भन्दै खतिवडाले प्रदेश र स्थानीय तहमा निर्वाचितहरुलाई पनि आदर गर्नुपर्ने बताए।

मन्त्री खतिवडाले नागरिकलाई उत्पादनसँग जोड्नेगरी बजेट निर्माण भएको भन्दै खतिवडाले नागरिकका न्यूनतम आवश्यकता पूरा गरेर मात्र समृद्धितर्फ अघि बढ्ने बताए।

बजेट निर्माणका क्रममा कसैले माथि उचाल्ने र कसैले तल खसाल्ने गरेको भए पनि आफू स्थिर भएर बजेट निर्माणमा लागेको भन्दै उनले कार्यान्वयनमा पनि त्यसैगरी अगाडि बढ्ने बताए ।

खतिवडाले अर्थतन्त्रमा विकृति नआउनेगरी कर लगाउने बजेटको नीति भएको बताए । उनले संघीयता खर्चिलो व्यवस्था भएकाले बजेटको आकार ठूलो भएको कुरामा सरकारको आलोचना गर्न नहुने भन्दै उनले बचाउ गरे ।

सरकार, निजी क्षेत्र र सहकारीबीच सहकार्य हुने कुरा बजेटमा उल्लेख भएको भन्दै उनले जनप्रतिनिधिलाई अगाडि राखेर विकासमा अघि बढ्नुपर्ने संविधानको बाटो भएकोले सरकारले त्यही बाटोमा हिँडेर बजेट ल्याएको बताए ।

बजेट असीमित स्रोतको भण्डार नभई यो अंकगणितको नियम भएको अर्थमन्त्री खतिवडाले बताए । उनले भने, ‘गणितबिनाको बजेट चाहिँ हावादारी हुन्छ । संघको बजेट ठूलो पार्नुपर्ने तर राजस्व नउठाउने, ऋण तथा अनुदान नलिने भनी आलोचना गर्नु अनुपयुक्त हो।’

राजस्व परिचालनतर्फ प्रगतिशील कर अवलम्बन गरेकै बताउँदै उनले न्यून आय भएकाले १० प्रतिशत कर तिर्नुपर्ने उनले बताए। खतिवडाले भने, ‘धेरै मुलुकमा आयकर ५० प्रतिशत छ । त्यहाँ विकास भएकै छ । निजी क्षेत्रले पनि लगानी गरेकै छ हामीले ऋण लिएर विकास गर्न थाल्यौ भने त्यसैको पासोमा पर्ने निश्चित छ ।’

कम्युनिस्ट सरकारले विदेशी लगानी ल्याउन सक्दैन भनी चलाएको हल्ला गलत भएको भन्दै उनले थपे ‘एसियाका पूर्वीय मुलुकहरु चीन, भियतनाम र लासोसमा अहिले अन्तर्राष्ट्रिय कम्पनीहरुले काम गरिरहेकै छन् भने ।

Advertisement

Advertisement

Advertisement