स्वदेशमा उत्पादित जुत्ता चप्पलको ‘समर सेल’ मेला राजधानीमा सुरु

Advertisement

काठमाडौंः नेपाली जुत्ता घरले राजधानीका विभिन्न स्थानहरुमा जुत्ता तथा चप्पलको बिक्री मेला आयोजना गरेको छ । यसअघि सात पटक विगसेल मेला आयोजना गरेको जुत्ता घरले आइतवारदेखि (जेठ २०) गते देखि मेला आयोजना गरेको हो ।

जुत्ता घरको उपत्यकाका विभिन्न स्थानहरुमा आफ्नै बिक्री केन्द्र समेत रहेको छ । आयोजकले वर्षा याममा पनि ग्राहकहरुको मागलाई ध्यानमा राखेर मेला सुरु गरेको जनाएको छ ।

स्वदेशमा उत्पादन भएका विभिन्न कम्पनीका जुत्ता चप्पलहरुको बिक्री गर्ने उद्देश्यले जुत्ता घरले निश्चित समयको लागी ७० प्रतिशत सम्मको बिशेष छुट र तीन सय देखी बिशेष सहुलियत दिएको बताएको छ ।

मेला आयोजना गर्नुको उद्देश्य विदेशी जुत्ता चप्पलको आयातलाई निरुत्साहन गर्ने रहेको बताइएको छ । मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर वि·स, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरि ११ वटा ब्राण्डका जुत्ता चप्पलहरु बिक्रि वितरण गरिने आयोजकले बताएको छ ।

जमल, महाराजगञ्ज, कुमारी पाटी, अद्धवैतमाग बागबजार, बुद्ध मल बालाजु स्थीत आफ्नै बिक्रि कक्षमा आज देखि स्टक रहुन्जेल सम्मका लागी उक्त योजना सञ्चालन गरिएकोे हो ।

मेलामा करीब एक लाख देखी एक लाख ५० हजारले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पलहरु बिक्रि गर्ने लक्ष्य रहेको आयोजकले बताएको छ ।

Advertisement

Advertisement

Advertisement