संवृद्धिका कुरा गर्ने सरकारले लगानी बढाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकेन

Advertisement

काठमाडौंः काँग्रेस सांसद मोहन आचार्यले दुर्गम क्षेत्रका जनताको समस्यालाई बजेटले सम्बोधन गर्न नसकेको बताएका छन् । सोमबार संसदमा बोल्दै आचार्यले बजेटले भूकम्प पीडित जनताको पक्षका न्याय गर्न नसकेको बताए ।

बाटो र निर्माण सामग्रीको अभावमा जनताले समयमा आफ्नो घर पुनःनिर्माण गर्न नसकिरहेको बताउँदै उनले बजेटले यो समस्यालाई सम्बोधन गर्न नसकेको बताए ।

विधूत उत्पादन गर्ने कुरा बजेटमा आए पनि प्रसारण लाइनको विस्तारका लागि बजेटले एथेष्ट ध्यान दिन नसकेको भन्दै आचार्यले अहिले पनि प्रसारणलाइनको अभावमा कतिपय आयोजनाबाट उत्पादित विजूली केन्द्रिय प्रसारणमा जोडिन नसकेको बताए ।

उनले प्रसारणलाइन बन्ने सुनिश्चितता नहुने हो भने जलविद्युत क्षेत्रमा थप लगानी भित्रिने सम्भावना नरहेको भन्दै नेपालको समृद्धि लागि उर्जा क्षेत्र मात्रै यस्तो क्षेत्र हो जसमा सही समयमा सही ढंगले व्यवस्थापन गर्न सकियो भने नेपालको कायापलट गर्न सकिन्छ भने ।

नेता आचार्यले कृषि क्षेत्रको विकासका लागि बजेट अपूग रहेको बताए । उनले पर्यटक संख्या दोब्बर बनाउने सरकारको लक्ष्य प्राप्तिका लागि पूर्वाधार अभाव रहेको भन्दै पर्यटन पूर्वाधार विकासमा लगानी नगरि पर्यटक आगमन वृद्धि हुन नसक्ने बताए ।

आचार्यले आर्थिक संवृद्धि हासिल गर्न ठूलो लगानी चाहिने भन्दै बजेटले लगानीका लागि नीजि क्षेत्रको उत्साह बढाउन नसकेको बताए । सडक सन्जाल र रेलमार्गको कुरा गर्दा रसुवा भाग्यमानी जिल्लाको रुपमा रहेको उनको भनाई छ ।

आचार्यले केरुङ काठमाडौ रेल ,रसुवागढि गल्छि ठोररी त्रिदेशीय राजमार्ग सुरु हुने दिशामा अघि बढेकोमा सरकारलार्इ धन्यवाद दिए । यसको कार्यान्यन पक्षमा जोड दिन उनले सरकारको ध्यानाकर्षण गराए ।

Advertisement

Advertisement

Advertisement