जनता बैंकको नयाँ शाखा थवाङमा

Advertisement

काठमाडौंः जनता बैंकले रोल्पाको थवाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
रोल्पामा बैंको यो दोस्रो शाखा हो । सोही जिल्लामा अझै दुई शाखा थप्ने योजनामा बैंक रहेको छ ।

थवाङ शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

देशभरी ११७ शाखा सञ्जाल रहेको जनता बैंकले ४० शाखा रहित बैंकिङ, दुई सीमित बैंकिङ ईकाइ, दुई एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा दिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement