पुँजीगत लाभकरले सेयर बजारमा गिरावट कायमै, किनबेच पनि घट्यो

yubraj-khatiwada-bearish

काठमाडौंः सरकारले बजेटमार्फत पुँजीबजारमा पुँजीगत लाभकर लागाउने निर्णयले गर्दा प्रभावित भएको सेयर कारोबार सोमबार पनि सुधार हुन सकेन । आइतबार ३३ अंकभन्दा बढिले घटेको सेयर बजार परिसुचक नेप्से आज एकल अंक (५.११)मा सीमित भएको छ ।

सरकारले आउँदो आर्थिक बर्षको बजेटमा मूल्य अभिवृद्धि कर (भ्याट)को अन्योलता हटाए पनि सेयर बजारमा व्यक्तिगत रुपमा कारोबार साढे सात प्रतिशत र संस्थाको हकमा १५ प्रतिशत पूँजीगत लाभकर पुर्याएपछि लगानीकर्ता अन्योलमा परेका छन् ।

केपी ओली नेतृत्वको सरकार बनेसँगै लगातारजसो गिरावट हुँदै आएको सेयर बजार हालै अर्थमन्त्रीले बजेट जारी भएपछि झन गिरावट हुने देखिएको छ । आज कारोबार पनि घटेर ४२ करोड रुपियाँमा सीमित भएको छ भने अन्यबाहेक सबै समूहको उपसुचक पनि घटेको छ ।