भूकम्प प्रभावित ४ जिल्लामा नेपाल टेलिकमको निः शुल्क इन्टरनेट

Advertisement

काठमाडौंः नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका छ सय ७५ स्थानमा निः शुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका एक सय ८७, काभ्रेपलाञ्चोका दुई सय ८९, नुवाकोटका एक सय ५९ र रसुवाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो ।

भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा सात सय ४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने कम्पनीको योजना अनुसार हाल सम्म ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । आगामी असार मसान्त सम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप दु्रत गतिमा काम भइरहेको टेलिकमले जनाएको छ ।

समग्रमा हालसम्म दुई सय ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, एक सय ४७ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र दुई सय ४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।

टेलिकमले चार जिल्लाका नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र विद्यालयमा गरि इन्टरनेटको सुविधा ल्याएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा पाँस सय १२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement